मतपत्र बोकेको भारतीय गाडी प्रहरी नियन्त्रणमा

काठमाडौं। स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिवास ३ बाट शुक्रबार साँझ ७ बजे स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको हो।

सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ।

पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकसहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने प्रहरीले जनाएको छ।