बाजुराको स्वामिकार्तिक गाउँपालिका १ मा मतपेटीकामा आगजनी
काठमाडौं। स्वामिकार्तिक खापर गाउँपालिका एक भगवती आधारभुत बिद्यालयको मतपेटीकामा आगजनी भएको छ ।
प्रदेश सभा समानुपातीक तर्फको क केन्द्रमा रहेको मतपेटीकामा आगजनी भएको जनाएको छ ।
सो बिषयमा कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकीएको प्रहरीले जनाएको छ।
कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ ।