बाजुराको त्रिवेणीमा गोली चल्दा २ जना घाइते,१ जनाको मृत्यु

काठमाडौं। बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा २ जना घाइते,  १ जनाको मृत्यु भएकाे छ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।

उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का स‌ंजिव अएडी रहेका छन ।

घाइते भएका स्थानिय मध्य २ जनाको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले गोली चलाउदा अएडीको मृत्यु भएको जनाएको छ ।