कोरियन भाषा परीक्षाको अनलाइन आवेदन पुस ४ गतेबाट खुल्ने
काठमाडौं । कोरियामा काम गर्न जानेहरूका लागि नेपाल सरकारले कोरियन भाषा परीक्षाको आवेदन खुलाएको छ । नेपाल सरकार र गणतन्त्र कोरियाबिच भएको नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सम्झौता अनुरुप कामदार छनोट गर्न कोरिया भाषा परीक्षा सञ्चालन हुने गर्दछ ।
उक्त भाषा परिक्षाको लागि सरकारले अनलाइन फारम अनिवार्य गरेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जारी गरेको सूचना अनुसार इच्छुकले पुस ४ गते सोमबार देखि ८ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन्।
आवेदनका लागि अनलाइन प्रक्रिया अनिवार्य गरेका कारण इच्छुकले उल्लेखित मितिमा यो लिंकमा गएर आवेदन दिन सक्नेछन् ।
यस्तै आवेदन शुल्क भने आईएमई बैंकको कुनै पनि शाखा अथवा आईएमई पे लगायत फोन पे, ई-सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत बुझाउन सकिनेछ ।