बाजुरामा काँग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौं। बाजुरा प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवारको बद्री पाण्डेको अग्रता कायमै रहेको छ।  अहिलेसम्म २०६३६ मतगणना हुँदा नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् ।

जसमा काग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ११ हजार ७६ मतले अगाडि रहेका छन् भने नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाको ८ हजार ८ सय ५२ मतले पछ्याईरहेका छन्।  एमालेका कर्णबहादुर थापा भन्दा  नेपाली काँग्रेसका  बद्री पाण्डे २ हजार  २ सय २४ मतान्तरले अगाडि रहेका छन् ।                    
हाल सम्म गणना भएका निर्बाचन केन्द्र हिमाली गाउँपालिका र बडिमालिका नगरपालिकाकाे मत परिमाण सबै आएको छ भने स्वामिकार्तिक गाउँपालिकाकाे बडा न ४, ५ , ३ बुढिगंगा नगरपालिकाकाे ३, १० , २ त्रिर्बेणि नगरपालिका १, २ ,९ सम्मका वडाको मत गणना सकिएको छ र बाँकी वडाको मतगणना जारी रहेको छ ।बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ ।