स्याङ्जा–२ मा धनराज गुरुङको जित सुनिश्चित

काठमाडौं। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लैजानुभएको छ।

गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ५ हजार ९७५ मतले अगाडि हुनुहुन्छ। हालसम्मको मतगणनाअनुसार गुरुङले २९ हजार ५६६ मत प्राप्त गर्दा अर्यालले २३ हजार ५ सय ९१ मत ल्याउनुभएको छ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका ६ वडा गरी ४१ वडाको मगतणना सकिएको छ।

अहिले ४ हजार ८७१ मत गणना गर्न बाँकी रहेको छ । यदि गणना गर्न बाकी रहेको मत अर्यालको पोल्टामा गए पनि गुरुङको जित सुनिश्चित भएको छ।