आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ।

आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनका सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो।

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकोमा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाउने र सूचीमा हेरफेर गर्ने काम समेत सकिएको छ।

अन्तिम मत परिणाम सार्वजनिक गरेपछि आयोगले निर्वाचन सम्पन्न भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ।