प्रहरीका नौ डीएसपी र २३ एसपीको काज सरुवा,को कुन ठाउँ (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो।

यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन्। उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए।

यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा रहेका एसपी कोमल शाहलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवालले सिन्धुली प्रहरी प्रमुखको जिम्मा पाएका छन् । सन्तोष सिंह राठौरले बाँके, योगेन्द्र सिंह थापाले सुर्खेत र देवेन्द्रबहादुर पालले कैलालीको नेतृत्व पाएका छन् ।

नौ डीएसपीको पनि काज सरुवा

२३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेकै दिन प्रहरी प्रधान कार्यालय नक्सालले ९ प्रहरी नायब उपरीक्षक (डीएसपी)को पनि काज सरुवा गरेको छ।

सोमबार नेपाल प्रहरीका नौ जना डीएसपीको काज सरुवा भएको हो। उनीहरूलाई अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा सूचीअनुसार सीआईबीमा कार्यरत दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवल सरुवा भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत सुन्दर तिवारीलाई सीआईबी सरुवा गरिएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा कार्यरत ठगबहादुर केसीको जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा भएको छ ।