संघीय संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं। संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले बैठक बोलाएका हुन्।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँच जना स्वतन्त्र सांसद विजयी भएका छन्। सात वटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए।