राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिका सबै बैठक र संगठन विस्तारका सबै कार्यक्रम पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ ।