प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बागमती प्रदेशमा पैसाको चलखेल जनजातिको ठाँउमा मधेशीको नाम

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बागमती प्रदेश कार्यलय हेटौंडामा छात्रवृत्ती तर्फ नि:शुल्क नाम निकाल्न चरम लापरबाही गरिएको पाइएको छ।

बागमती प्रदेश कार्यलय प्रमुख अरविन्दकुमार चौधरीले व्यापक लापरबाही गरेको पाइएको हो। प्रमुख चौधरीले जनजाति कोटामा मधेशीको नाम राखेर व्यापक पैसाको चलखेल गरेको स्रोतले बताएको छ।

उनसँग सम्पर्क गर्दा कुनै पनि चलखेल नगरेको बताएका छन्। तर स्पष्ट लेखिएको जनजाती कोटामा उनले कसरी मधेशीको नाम राख्न सफल भए भन्ने कुराले पनि पैसाको ठूलै चलखेल गरेको स्पष्ट बुझिन्छ।

के बागमती प्रदेशमा जनताती नभएर उनले मधेशीलाइ स्थान दिएका होलान त? यो कुरा चौधरीले स्पष्ट पार्न जरूरी देखिएकाे छ। होइन भने यस्तो चरम लापरबाही गर्ने कार्यलय प्रमुखलाइ सरोकारवाला निकायले किन कारबाही नगर्ने यसको जबाफ स्वयम चौधरीले नै दिनुपर्छ।

उनले याे गल्ति गरेकै हुन यस्ता गल्ति तत्काल सच्याउनु पर्छ र जानिजानी गल्ति गर्ने यस्ता कार्यलय प्रमुख कारबाहीकाे भागीदार हुनैपर्छ। 

नेपालको शिक्षा प्रणाली ओरोलो लाग्नुमा यस्तै कार्मचारी र घुसखाेरहरूले गर्दा अहिलेकाे याे अवस्था सृजना भएकाे स्पष्ट बुझ्न सकिन्छ।

जनजाती विद्यार्थी हुँदाहुँदै पैसाकाे  ठूलाे चलखेल गरेर जो हर्कत भएको छ त्यो सच्याउन जरूरी देखिन्छ।

यस्ता कार्यलय प्रमुखलाइ कारबाही गर्न सम्बन्धित निकायले ध्यान दिनै पर्छ। निर्देशक चौधरीले किन कसरी यस्तो काम सहजै गरेहोलान भन्ने सामान्य मान्छेले पनि सहजनै अनुमान लगाउन सक्छन्।

नेपालमा पैसा भए जेपनि हुन्छ भन्ने कुराले एकपटक सबैलाइ सत्य सावित गरेकाे छ। यस्ता धेरै काम नेपालमा हुँदै आएका छन् चाैधरी त एक प्रतिनिधि पात्र मात्र हुन। त्यसैले हामी सबैले यस्ता कुरामा सचेत हुन र यस्ता अवैध कार्य राेक्न तपाइ हाम्राे उतिकै महत्वपूर्ण भूमीका रहेकाेले सचेत हुन जरूरी देखिन्छ।