सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

काठमाडौं । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर ढशाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल राजीनामा दिएपछि शाह मुख्यमन्त्री हुनुभएको हो ।