राष्ट्रपतिले कुटिएका चिकित्सकसँग माफी माग्नुपर्छ :सांसद शाही

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।