आज जनयुद्ध दिवस मनाइँदै,सरकारले पहिलोपटक दियो सार्वजनिक बिदा

काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन। आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।

शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।

जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो।

युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।

सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ ।

दिवसका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन्।