नेपाली जनताका क्रान्तिका सुन्दर सपना अधुरै छन्: अध्यक्ष केसी

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जनयुद्ध दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन्।

उनले भनेका छन् नेपाली सशस्त्र जनयुद्धले आज २७ वर्ष पुरा गरेर २८ वर्षमा प्रवेश गरेको छ।

नेपालका क्रान्तिकारी माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु आम मुक्तिकामी नेपाली जनतामहान् दश वर्षे सशस्त्र जनयुद्धको २८आौं वर्षगाँठ धुमधामका साथ मनाउने तयारी गरिरहेका छन् ।

महान् दश वर्षे सशस्त्र जनयुद्धको यस २८ आौं जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्धका हजारौं महान् तथा अमर शहिदहरुप्रति हार्दिक श्रध्दानजली अर्पण गर्दै घाइते अपाङ्ग तथा बेपत्ता योध्दाहरुप्रति सहानुभूति सहित सम्मान व्यक्त गर्दै २८ आौं जनयुद्ध प्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छ ।

नेपाली सशस्त्र जनयुद्ध नेपाली नेपाली समाजको राजनीतिक ,आर्थिक , सामाजिक , साँस्कृतिक हरक्षेत्रको समग्र युध्द थियो ।

त्यसले नेपाली समाजमा ठूलो परिवर्तन पनि ल्यायो ।
तर जनयुद्धको नेतृत्व गरेको मुख्य शक्तिले देशीविदेशी प्रतिक्रियावादीहरुका सामु लम्पसार परेर प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेपछि महान् नेपाली क्रान्तिले सेड्व्याक खानुका साथै जनयुद्धका उपलब्धिहरु पनि धरापमा पर्न गएको ठहर हाम्रो संगठनले गरेको छ ।

महान् नेपाली जनयुद्धका बाँकी कार्यभार पुरा गर्नका लागि त्यही महान् दश वर्षे जनयुद्धको जगमा सशस्त्र जनविद्रोह मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने सामरिक कार्यदिशाका साथ क्रान्तिको तयारी गरिरहेका नेपालका क्रान्तिकारी माओवादी पार्टीहरुले नेपाली क्रान्तिका लागि मुख्य बाधकको रुपमा खडा हुन पुगेको दक्षिणपन्थी संशोधनवादीहरुलाई वैचारिक रुपमा ध्वस्त पार्दै दृढतापूर्वक अपचलित रुपमा अगाडि बढ्ने विस्वास व्यक्त गर्दै महान् नेपाली नयाँ जनवादी क्रान्ति विषय प्रति अगाध विस्वास रहेको दृढता प्रकट गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आम मुक्तिकामी जनसमुदाय प्रति साथ र सहयोग रहिरहने हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले दृढता व्यक्त गर्दछ ।