एसपीको कमाण्डमा बालाजु व्यापक प्रहरी परिचालन

काठमाडौं । सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो ।

एसपीको कमाण्डमा काठमाडौं उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

अहिले अवस्था सामान्य बन्दै गएको छ। स्थिति सामान्य बनेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

सोमबार दिउँसो यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेका थिए ।