७० अंक ल्याए स्मार्ट लाइसेन्स पाईने

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्थाबमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालनको उद्घाटन गरेका छन्।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा सञ्चालनको मुख्यमन्त्री जमरकट्टेलले उद्घाटन गरेका हुन्।

सोमबार भक्तपुरको राधेराधेस्थित प्रयोगात्मक परीक्षा केन्द्रमा सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले परीक्षालाई जटिलताबाट सरलतातर्फ लगिएको जानकारी गराए।

नयाँ निर्देशिकाले परीक्षार्थीका साथै परीक्षक कर्मचारीलाई पनि सजिलो र व्यावहारिक गराएको उनले बताए।

मुख्य मन्त्री जमरकट्टेलले जनतालाई कार्यालयले दिने सेवाको आधारमा सरकारप्रति धारणा बन्ने भएकाले जनतालाई अनावश्यक दुःख सास्ती नदिन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिए।

आफूले अनुगमनको संयन्त्र बनाउने खुलासा गर्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको व्यवस्था हुने चेतावनी दिए।