कार्की समाजद्वारा प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाइ सम्मान

काठमाडौं। कार्की समाजद्वारा प्रतिनिधि सभामा निर्वाचित तथा समानुपातिक सांसदहरूलाइ सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रम काठमाडौंको बत्तिस पुतलीस्थित बाजेको सेकुवामा सम्पन्न गरिएको कार्यक्रम संयोजक सुवास कार्कीले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न जिल्लाबाट निर्वाचित सांसदहरूलाइ सम्मान गरिएको थियो। सम्मानित हुने सांसदहरूमा धनुषा क्षत्रे नं १ बाट निर्वाचित सांसद दिपक कार्की, देलखाबाट निर्वाचित सांसद गंगा कार्की र जाजरकोटबाट समानुपातिक सांसद मैना कार्कीलगायतलाइ सम्मानित गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनु भयो।

सो कार्यक्रममा अ.प्रा महासेनानी प्रकाश जंग कार्की,बरिष्ठ प्रहरी उपरिक्षक विष्णु केसी,समाजसेवि सुवास कार्कीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की,भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रजित केसी,त्यस्तै विशेष अदालतका पूर्व अध्यक्ष प्रेम राज कार्कीलगायतका बरिष्ठ व्यक्तिहरूकाे उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले कार्की समाजलाइ अझै बलियो बनाउदै देशभर रहेका कार्की परिवारलाइ एक ठाँउमा ल्याउन सबैले आफ्नो-आफ्नो क्षेत्रबाट विशेष योगदान पुर्याऊँदै अगाडी बढ्नु पर्ने धारणा राखेका थिए।

यस्ता सम्मानका कार्यक्रमहरू राखेर कार्की समाजले धेरै नै राम्रो काम गरि रहेको वक्ताहरूले बताएका थिए। उक्त कार्यक्रममा अन्य विशिष्ट ब्यक्तिहरूको पनि उपस्थिति रहेको कार्यक्रम संयाेजक सुवास कार्कीले बताउनु भयो।