१ सय १ किलो सुन नेपाल भारत सिमाबाट बरामद,नेपालका सुन तस्करीको भागाभाग

काठमाडौं ।नेपाली बाटो हुँदै चिनियाँ सुन भारत लैजाने क्रममा तस्करसहित १ सय १ किलो सुन भारतीय प्रहरीले बरामद गरेको छ। नेपाल भारत सीमामा सुन बरामद गरिएको हो।

भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोली (डीआरआई)ले सुन र तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो।

भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको निर्देशनालयले जनाएको छ।

त्यस्तै तस्कर समूहका ७ सुडानीसहित १० जनालाई नियन्त्रणमा लिएको निर्देशनालयले जनाएको छ । जसमा तीन जना भारतीय छन्।

नेपाललाई ट्रान्जिट बनाएर भारतसम्म सुन तस्करी हुने गरेको पुष्टि अघिल्ला घटनाहरुबाट पुष्टि भइसकेको छ।

भारतीय नागरिकको लगानीमा विदेशी नागरिक समेत प्रयोग गरेर विमानस्थललाई प्रयोग गरि सुन तस्करी हुने गरेको यस्ता घटनाहरूले पुष्टि गरि सकेको छ।

नेपाल प्रहरीले सुन बरामद र भरिया पक्राउ गरेका हालसम्मका घटनाको अनुसन्धानमा तस्करीको सुन भारत जाने खुल्दै आएको थियोे।

भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोलीले नेपालबाट भएको र हुने ट्रान्जिट तस्करी रोक्न थप अनुसन्धान तिब्र बनाउने जनाएको छ।

अबका आउने दिनमा सुन तस्करी कम गर्ने उद्देश्य रहेको भारतीय निर्देशनालयले जनाएको छ।

त्यसैले नेपाल र भारत सिमामा कडाइका साथ लाग्न प्रहरीलाई निर्देशन समेत दिईसकेको छ।