पुरानै गठबन्धन ब्युँतिने पक्का भयो :अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुस १० गते भंग भएको पाँचदलीय गठबन्धन ब्युँताउने विकल्प नै अहिलेको सबैभन्दा राम्रो विकल्प भएकव बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा करिब एक घण्टा लामो भेटवार्तापछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन्।

नेपालले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको पनि जानकारी दिए।

सबै विकल्पमा छलफल भइरहेको छ। पुरानै पाँचदलीय गठबन्धन ब्युँत्याउने विकल्प सबैभन्दा राम्रो हुन सक्छ’, उनले भने।

नेपालले नयाँ राष्ट्रपतिलाई लिएर ठूलो विवाद नरहेको पनि बताएका छन्।

त्यसबारेमा विभिन्न विकल्पमा अहिले पनि छलफल चलिरहेको प्रतिक्रिया दिएका छन्।

‘राष्ट्रपति निर्वाचनलाई लिएर हामीसँग अनेक विकल्प छन्।

तर तीमध्य उत्तम भनेको पुरानो गठबन्धन ब्युँत्याउने हो’, उनले भने,अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ।

सहमतिमै राष्ट्रपतिको उम्मेदवार उठाउँछौँ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

भेटपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए।
पुरानो गठबन्धन ब्यूँताउन लाग्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अझै टुंगो छैन ।