नेपाल टेलिकमले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति जना (सूचनासहित हेर्नुस्)
काठमाडौँ । नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ ।
टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो ।
टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ ।
उप प्रबन्धक पदमा समावेशीतर्फ मधेसी समूहमा १ जना माग गरिएको छ ।
वरिष्ठ इन्जिनियरतर्फ खुलामा एक र दलित समूहमा १-१ जनाको माग भएको छ ।
वरिष्ठ खेला अधिकृतमा खुलातर्फ १ जनाको आवेदन माग भएको छ।
टेलिकम इन्जिनियर ९इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन०तर्फ खुलामा ५, महिलामा २, मधेसी, दलित र अपाङ्गतामा एक(एक जनाको माग भएको छ ।
टेलिकम इन्जिनियर (कम्प्युटर)पदमा खुलातर्फ २, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि १-१ जनाका लागि आवेदन माग गरिएको छ।
टेलिकम इन्जिनियर (इलेक्ट्रोनिकल)तर्फ महिला १, दलित १ र अपाङ्गता १ जनाका लागि आवेदन मागिएको छ।
इन्जिनियर सिभिलमा अपाङ्गता समूहमा १ जनाको माग भएको छ।
सहायक लेखा अधिकृतमा खुला ३, मधेसी १ जनाको माग भएको छ।
सहायक प्रशासकीय अधिकृतमा खुला २, आदिवासी जनजाति १ जनाको माग भएको छ ।
सहायक व्यापार अधिकृतमध्ये खुलामा २, महिलामा १ र मधेसी समूहमा १ जनाको माग भएको छ ।
टेक्निसियनमा खुला ६, महिला २, आदिवासी जनजाति १, मधेसी १ र दलित एक जनाको माग भएको छ ।
सहायक पदमा खुलामा ७, महिलामा २, आदिवासी जनजाति १, मधेसी १ र दलितमा एक जनाका लागि आवेदन खुलेको छ।
जुनियर टेक्निसियनमा भने खुलामा ९, महिलामा २, आदिवासी २, मधेसी ३ र दलितमा १ जनाको आवेदन माग भएको टेलिकमले जनाएको छ ।
यी पदमा २ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर ९ चैतसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।
आवेदनका लागि अधिकृत स्तरबाट माथि ८ सय रुपैयाँ दस्तुर तोकिएको छ । सहायक स्तरका लागि ३ रुपैयाँ दस्तुर राखिएको छ।
यसैगरी नेपाल टेलिकमले बढुवा र आन्तरिक प्रतिस्पर्धाका लागि समेत शुक्रबार नै आवेदन खुला गरेको छ ।
कार्यसम्पादन क्षमता मूल्याङ्कन बढुवाका लागि एकसाथ ठूलो संख्यामा आवेदन मागिएको छ ।