आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएका छन्।
चुनावअघिकै गठबन्धन ब्युँताएर माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई अगाडि सारेका हुन्।
पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका अब्दुल खान र जनमोर्चाका भित्र बहादुर केसी लगायत शीर्ष नेताहरु पुगेका छन्।
यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन्। काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् ।
राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे ।
राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र प्रवर्द्धनका लागि अनुभवी, कानुनवेत्ता र सभामुख भइसकेका नेम्वाङलाई अघि सारेको उनले बताए ।