प्रहरीको ३० औं आईजीपीमा कुँवर नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी)मा वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको छ।
शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनु भयो हो।
कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन्। वर्तमान आईजीपी धिरज प्रताप सिंहले आज मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्ति गरेको हो।
आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए। तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो।
हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन्। तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।
कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन्। वर्तमान आईजीपी धिरज प्रताप सिंहले आज मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्ति गरेको हो।