नेपाल प्रहरीका नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं ।नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन्। आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका छन्। कुँवरले चै ८ मा एआईजीको फुली लगाएका थिए।

चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो। चैत १० मा कुँवरलाई अन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो।