नेपाल प्रहरीमा रिक्त १३ डीआईजी पदमा बढुवा हुन कडा प्रतिस्पर्धा,यी हुन् प्रतिस्पर्धाको दौडमा रहेका(नामसहित)
काठमाडौं । नेपाल प्रहरीमा १३ वटा नायव महानिरीक्षक (डीआईजी)को पद रिक्त छ । चैत १३ मा बढुवा समितिले चार जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो।
चैत ६ मा मन्त्रिपरिषद्ले ५ जना अधिकृतहरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो।
बढुवा हुनेमा टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। उनीसँगै बढुवा भएका वसन्त कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका छन्।
लामो समयदेखि रिक्त एआईजीमा बढुवासँगै डीआईजीमा रिक्त पदसंख्या १३ पुगेको हो। नायव महानिरीक्षकमा बढुवा हुन प्रहरी वरिष्ठ उपरीक्षकहरू बीच तीव्र प्रतिस्पर्धा छ।
डीआईजी बढुवा हुने मेरिट लिस्टको पहिलो नम्बरमा जनक भट्टराई छन्। भट्टराई सहित १० जना २०७७ वैशाख १७ मा वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए।
उनीहरू डीआईजी हुने प्रतिस्पर्धामा छन्। विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञ विनोद पोखरेल र चन्द्र कुवेर खापुङ बरीयतामा अगाडि छन्।
२०७७ माघ र २०७८ मंसिरमा बढुवा भएकाहरू पनि डीआईजी बढुवाको तीव्र प्रतिस्पर्धामा छन्। अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, चक्रबहादुर सिंह र विकाश राज खनाल डीआईजी बढुवा हुने प्रतिस्पर्धामा छन्।