एकीकृत समाजवादीबाट पहिलो चरणमा यी सांसद मन्त्री बन्ने पक्का

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा उपाध्यक्ष डा‍‍। बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ।

बुधवार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष भुसाल र प्रकाश ज्वालालाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेको हो।

भुसाल राष्ट्रियसभा सदस्य हुन्। एकीकृत समाजवादी पार्टीका संस्थापक महासचिव समेत रहेका भुसाल केही दिनअघि मात्रै पार्टी उपाध्यक्षमा बढुवा भएका थिए।

पहिलो चरणमा भुसाल सरकारमा जानुहुन्छ।

त्यसपछि ज्वाला जानुहुन्छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘तीन मन्त्रालयका लागि अझै छलफल जारी नै छ।

यदि तीन वटा मन्त्रालय पाउने अवस्था आए भानुभक्त जोशीलाई पनि पठाउने भन्ने भएको छ ।

बुधवार बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने निर्णय भएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म पार्टीबाट मन्त्री हुने एक जनाको नाम दिन आग्रह गरेपछि एकीकृत समाजवादीले बुधवार आकस्मिक बैठक बोलाएको थियो ।