पार्टीलाई कमजोर बनाउने गतिविधि गरे भीम रावललाइ कारबाही हुन्छ: उपाध्यक्ष पौडेल
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन्। रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ।
आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने,भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले,पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले,उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन।
उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन। पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ।
रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ।
उनले भने, ‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ,घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ। कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ।
यहाँले एकपछि अर्को गल्ती गर्दै जानुभएको छ।यस्तै पार्टीको विधि र प्रक्रियामा नचले उहाँलाइ अनुशासनको कारबाही हुन सक्ने उपाध्यक्ष पौडेलले संकेत गरेका छन्।