रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो।
लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ।
सोमबार दर्ता भएको रिट मङ्गलवारका लागि पेशी सूचीमा चढाइएको थियो।