नक्कली शरणार्थी बनाएर पैसा असुल्ने जोसुकैलाई कडा कारबाही गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कसैलाइ पनि नछोड्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
गिरोह सञ्चालन गर्ने जोकोहीका विरुद्ध कडाइका साथ अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाइ निर्देशन दिएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा।मनोज केसीसहित घटना अनुसन्धानमा संलग्न अधिकारीसँग ‘शरणार्थी बनाउने गिरोहका बारे सिंहदरबारमा ‘ब्रिफिङ’ लिएपछि गृहमन्त्री श्रेष्ठले कारबाही अघिबढाउन निर्देशन दिएका छन्।
यो गिरोहका बारेमा प्रहरीले जारी राखेको अनुसन्धानले छिट्टै निचोड निकाल्नेछ जो परे पनि कारबाही हुन्छ, यसमा कसैसँग सम्झौता नगर्ने प्रहरी जनाएको छ।