सुमेरुसँग दश लाख बार्गेनिङ्ग गर्ने माउन्टेन टेलिभिजनका राजु कडेलका ठगी धन्दा छताछुल्ल
काठमाडौं । समाचार रोक्न भन्दै माउन्टेन टेलिभिजनका राजु कडेलले १० लाख रुपैयाँ सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभसँग माग गरेको समाचार प्रकाशित गरेपछि उनको ठगी धन्दाबारे थप समाचारहरु आउन थालेका छन् ।
माउन्टेन टेलिभिजनले बार्गेनिङ गर्दै ठगी धन्दा चलाएको बारे प्रेस काउन्सिल नेपालमा उजुरी पर्नुका साथै पीडितहरुले सर्वोच्च अदालतमासमेत मुद्दा हालेको पाइएको छ ।
माउन्टेन टेलिभिजनले अनावश्यक समाचारको विषयलाई लिएर वार्गेनिङ र ठगी धन्दा चलाएपछि विष्णुबहादुर केसीले सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।
माउन्टेन टेलिभिजनले बार्गेनिङ र ठगी धन्दा चलाई पीडा दिन थालेपछि केसीले सर्वोच्च अदालतमा ठगी मुद्दा हालेको स्रोतले बताएको छ।
माउन्टेन टेलिभिजलाई हालेको ठगी मुद्दा नम्बर रहेको र सो मुद्दाका पेशी २०८० साल बैशाख ७ चढेको छ ।
यसरी मिडियाले पाठकलाई सु—सुचित र सभ्य समाज निर्माणको लागि कलम चलाउनु पनेएमा माउन्टेन टेलिभिजने मिडियाको दुरुपयोग गर्दै ठगी धन्दा चलाउने राजु कडेलजस्ता कलंकित पत्रकारलाई हदैसम्मको कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ढोका ढक्ढक्याउन जाने माउन्टेन टेलिभिजनका पीडित केसीलगायत पीडितहरुले बताउन थालेका छन् ।
राजु कडेलको खोजतलास अनलाइनमा चैत २७ गते प्रकाशित समाचार
भ्रामक समाचार प्रशारण गर्दै माउन्टेन टेलिभिजन, समाचार रोक्न राजुले मागे दश लाख
ललितपुर, २७ चैत । सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले राष्ट्र निर्माणमा विभिन्न क्षेत्रबाट पु¥याएको योगदानको कदर गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित हुनुभएको थियो ।
सुमेरु ग्रुप र खोजतलास मिडिया प्रालिका अध्यक्ष समेत रहनुभएका महर्जनको विषयलार्इं लिएर पछिल्लो समय पद्मा मिडिया ग्रुपद्वारा संचालित माउन्टेन टेलिभिजनको ‘मिशन न्यूज’ कार्यक्रममा अनर्गल, भ्रामक र चरित्र हत्या हुने समाचार निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।
उक्त समाचारको प्रशारण हेर्दा कोही कतैबाट आर्थिक प्रलोभनमा परी परिचालित भएको प्रष्ट बुझ्न सकिन्छ । किनकी सो टेलिभिजनको ‘मिशन न्यूज’ले निरन्तर सुमेरु ग्रुप तथा खोजतलास मिडियाका अध्यक्ष भरत महर्जनको चरित्र हत्या गर्ने उद्देश्यका साथ बारम्बार समाचार संप्रेशण गर्दै आइरहेको छ ।
सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटीभको विषयलाई लिएर लगातार समाचार संप्रेशण गर्दै आइरहेको माउन्टेन टेलिभिजनको ‘मिशन न्यूज’ ले भरत महर्जनको वास्तविकता नै नबुझी मनगढन्ते, कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेको स्पष्टरुपमा बुझ्न सकिन्छ ।
देशमै आर्थिक संकट आई ठूला नाम चलेका सहकारीहरुले निक्षेपकर्ताको रकम समयमै भुक्तानी दिन नसकेको अवस्थामा यसबाट सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ पनि अछुतो रहन नसक्नु स्वभाविकै हो । तर, पहिलोपटक माउन्टेन टेलिभिजनको ‘मिशन न्यून’ कार्यक्रममार्फत समाचार प्रकाशित भएपछि सुमेरु सेभिङ्ग एण्ड क्रेडिटका जिम्मेवार व्यक्तिसँग पद्मा मिडिया ग्रुपका अध्यक्ष जस्तो व्यक्ति राजु कडेल आफैले १० लाख रुपैयाँ माग गरी समाचार रोक्ने बताएको सुमेरु सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष हेमराज दाहालले खोजतलासलाई बताए ।
यस विषयमा खोजतलासले राजु कडेललाई ९८५१०७२८७५ नम्बरमा फोन गरी समाचारको सत्यताबारे बुझ्न खोज्दा उनले फोन उठाएनन् ।
सुमेरु सेभिङ्ग एण्ड क्रेडिटको वास्तविकता
विगत पच्चिस वर्षदेखि निरन्तररुपमा संचालित हुँदै आइरहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड सत्र वर्षसम्म भरत महर्जनको अध्यक्षतामा संचालित थियो । महर्जनले नेतृत्व गरिरहेको अवस्थामा सहकारी क्षेत्रकै नमूना सहकारीको रुपमा परिचित गराउन सफल हुनुभएको थियो । भरत महर्जन निरन्तर समाजसेवामा समर्पित भई कार्य व्यस्तताका कारण सत्रौं साधारणसभाले पारित गरी सहकारीको सम्पूर्ण जिम्मेवारी हेमराज दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भई हालसम्म सहकारी संचालन हुँदै आइरहेको छ । यस्तो यथार्थ र बास्तविकता बारे खोजतलास मिडिया प्रालिका संचालक राजु बस्नेतले माउन्टेन टेलिभिजनको ‘मिशन न्यूज’ र प्रेस काउन्सिल नेपालमा बोधार्थसहितको जानकारी गराउँदा गराउँदै पनि अन्यन्त्रित रुपमा भरत महर्जनको विषयमा समाचार प्रकाशित हुनु र सहकारीका हालका संचालकसँग १० लाख रुपैयाँ माग गर्नुले समाचार र यसका पुष्ट्याई कुन दिशातर्फ उन्मुख हुँदैछ, सोचनीय विषय बनेको छ । माउन्टेन टेलिभिजनको यस्तो समाचार प्रकाशितले नेपालको संचार क्षेत्र कुन दिशातर्फ जाँदैछ, र उक्त टेलिभिजनद्वारा भोलिका दिनमा सम्प्रेशित समाचारको यथार्थता सर्वसाधारणले कसरी बुझ्न सक्छन्, त्यो पनि सोचनीय विषय बनेको छ ।
देश नै आर्थिक रुपले क्षतविक्षत भएको अवस्था र सुमेरु सेभिङ्ग एण्ड क्रेडिट सहकारी पनि आर्थिक तरलताको बाबजुद पनि निक्षपकर्ताहरुको रकम कसरी फिर्ता गर्ने भन्ने विषयमा गम्भीर भइरहेको अवस्था र यस्तो विषम परिस्थितिमा माउन्टेन टेलिभिजनका राजु कडेलले खुल्लम खुल्लारुपमा १० लाख रुपैयाँ माग गर्नुले मिडिया क्षेत्रलाई अब सर्वसाधारणले कसरी विश्वास गर्लान् रु संचार माध्यमले गम्भीर समिक्षा गर्ने बेला आइसकेको छ। खोजतलास अनलाइनबाट साभार,