म राजनीतिक सन्यासी हुँ :गृहमन्त्री श्रेष्ठ

फाइल तस्वीर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित सामूहिक धम्मपूजा कार्यक्रममा बोल्दै उनले अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक रहेको बताएका हुन्।

राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठूलो महत्वको बिषय भएको बताउँदै उनले भने,राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वले नेतृत्व गर्नुपर्छ। र प्रदुषित राजनीतिलाई सफा गर्नुपर्छ।

गृहमन्त्री श्रेष्ठले आफूलाई राजनीतिक सन्यासीको संज्ञा दिँदै आफ्नो नाममा घर जग्गा केही नभएको बताए। ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो। राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो’उनले भने,म पनि सन्यासी हुँ।

मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु । मेरो कुनै आफ्नो जमिन छैन । घर र व्यक्तिगत सम्पत्ति छैन। तपाइँलाई थाहा छ म विवाहित पनि छैन।