कोरिया र इटाली पठाइदिने भन्दै लाखौँ ठगी गर्ने २ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिने भन्दै ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले २८ वर्षका सुधन कुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो।

उनीहरू ग्रिनलिफ इन्टरनेशनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक रहेको बताइएको छ।

उनीहरूले विपिन खत्रीसहित २२ जनालाई ५ लाख रुपैयाँमा इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगल आदि देश पठाइदिन्छु भनेर समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।