एकैदिन थप १०४ जनामा कोरोना संक्रमण पुष्टि,थप एक जनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ।