गठबन्धन सरकारको निर्णय: रवि लाई दोष लगाउदै,असगर अलिलाई साथ दिदै
काठमाडौं।रवि लामिछाने गृहमन्त्रीका रुपमा कार्यरत रहेका बेला अनुचित प्रभावमा परेर फास्ट ट्रयाकबाट राष्ट्रिय परिचय पत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई दिइएको ठेक्का वर्तमान सरकारले रद्द गरेर छानविन समिति गठन गरेको छ।
तर, सरकारले यो निर्णय सँगसँगै अर्को योजना पनि भूमिगत रुपमा अघि सारीरहेको जानकारी प्राप्त भएको छ।
रवि लामिछानेलाई दोषी देखाएर अर्थात् उनीमाथि दाग लगाउँदै सरकारले रद्द गर्ने निर्णय गरेको सोही काम एमाले अध्यक्ष केपी वली प्रधानमन्त्री रहेका बेला उनका आईटी सल्लाहकार रहेका असगर अलीको कम्पनी ईसेवालाई दिलाउने भित्रि ग्य्राण्ड डिजाइन बनिरहेको पत्ता लागेको छ।
यसका लागि असगर अलीका कर्मचारी नरेश लामगाडेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आईटी सहयोगीमा नियुक्त गरिसकिएको छ।
कान्तिपुर प्रकाशनको ईकान्तिपुरमा समेत सेक्यूरिटी एनालिस्ट रहिसकेका लामगाडेले असगरकै चलखेलका आधारमा बालुवाटार प्रवेश पाएका हुन्।
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको समेत सक्रिय चासो रहेको यो ग्य्राण्ड डिजाइनमा असगर अली मुख्य योजनाकार हुन भने प्रधानमन्त्रीका आईटी विज्ञका रुपमा नियुक्त भएका प्रकाश रायमाझी समेतको एउटा कोर टिम बनाइएको छ।
उक्त टिमकै इशारामा सरकारले हालै रवि लामीछानेलाई दाग देखाएर उसका पालामा भएको निर्णय रद्द गरेको प्रचार गर्नुका पछाडि सोही काम असगर अलीको कम्पनी ईसेवालाई दिलाउने भूमिगत योजना हो।
यसअघि नै अमेरिका, भारत, जापान लगायतका देशले असगर अली तत्कालिन प्रधानमन्त्री केपी वलीको आईटी सल्लाहकार रहेकै बेला डाटा दूरुपयोग भइरहेको गुनासो गरीरहेका बेला गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत उही विवादीत व्यक्तिलाई देशको महत्वपूर्ण अभिलेख रुजु गर्ने जिम्मेवारी सुम्पने भूमिगत योजना बनाइरहेको बुझिएको छ। यस बारेमा थप खोजी जारी छ।