नेपाल प्रहरीका यी १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय
काठमाडौं। नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरिएको। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधवार बढुवा समितिको सिफारिस अनुसार बढुवा निर्णय गरेका हुन्।
२०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र के।सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन्।
बढुवा सिफरिस बिरुद्ध प्रतिस्पर्धी मध्येका एसएसपी चक्र बहादुर सिंह र अनुराग द्धिवेदीले लोकसेवा आयोगमा उजुरी गरेका थिए। आयोगले सो उजुरी खारेज गर्ने निर्णय गरेको थियो।