मधेशको सच्चा नेता नै उपेन्द्र यादव: सभापति देउवा

फाइल तस्वीर

काठमाडौं। नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन्।

बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवको प्रशंसा गर्दै मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष यावले नै गरेको बताए।

यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको पनि उनले बताए।

‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो। हामीले सँगै काम गरेका हौँ। उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो,उनले भने।

बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने उनको भनाई छ।

उहाँलाई एक पटक जिताएर पठाउनुस्,पाँच वर्ष उहाँको काम हेर्नुहोस्, चित्त नबुझेको अर्को चुनावबाट विकल्पमा सोच्दा हुन्छ,देउवाले भने।

लोकतन्त्रमा जनता नै देशको मालिक भएको भन्दै देउवाले भने- ‘लोकतन्त्रमा जनता मालिक हो। नेताले जनताको सेवा गर्ने हो। जनताले जे निर्णय गर्छन्,नेताले त्यही मान्नुपर्छ।