फेमेली हेल्थ स्पा: ह्याप्पी इण्डिङको नाममा यौनधन्दा चलाउँदै
काठमाडौं। काठमाडौंको बाैद्धस्थित फेमेली हेल्थ स्पामा मसाज गर्न तपाईं कहिल्यै जानुभएको छ। छैन भने होस गर्नुस्,मसाज सेन्टर भनेर कोठीमा पुग्नुहोला।
जाेरपाटी र बाैद्ध क्षेत्रमा दर्जनाै स्पा र मसाज सेन्टरहरूमा रिपाेर्टिङ गर्दा त्यस क्षेत्रमा सबैभन्दा बढी फेमेली हेल्थ स्पामा यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको छ।
फेमेली हेल्थ स्पाका संञ्चालक बताउने भन्छन् ह्याप्पी इण्डिङ भनेकाे सामन्य हाे सबैकाम हातले गर्ने त हाेनि भन्दै यौनधन्दा चलाउँदै आएकाे आफैले पुष्टि गरेका छन्।
ह्याप्पी इण्डिङ भनेकाे पुरुषको गोप्य अंग चलाएर स्खलन गरिदिनु हाे ? तपाइ आफै अब भन्नुहाेस्,फेमेली हेल्थ स्पाका साहुजि भन्छन् हामीले कुनै पनि याैनजन्य गतिविधि गरेका छैनाै। तर याे याैनजन्य गतिविधि हाे कि हाेइन? साहुजिले पानी माथिकाे ओबानो बन्नु कतिकाे जाहेज हाेला?
स्थलगत रिपोर्टिङका क्रममा चाबहिल,बौद्ध र जोरपाटीका यी स्पा– ग्रिन साइन स्पा,फेमेली हेल्थ स्पा,युनिक हेल्थ स्पा,साकुरा स्पा र एभरेष्ट हेल्थ स्पा,डिलाइट स्पा,हिमालय स्पा,इन्द्रणी स्पा डिएसएम स्पालगायतमा रिपाेर्टिङ गरेका थियाै।
खतिवडाकाे नाममा सञ्चालित बाैद्धमा रहेकाे फेमेली हेल्थ स्पामा भने यौन क्रियाकलापमा प्रयोग हुने सामग्री समेत भेटिने गरेकाे खुल्न आएकाे छ।
समाचार प्रकाशित भएपछि फेमेलि हेल्थ स्पाका साहुजि बताउने आचार्य थरका व्यक्तिले हामीलाइ बारम्बार फाेन गरेर भेट्ने अफर गरेपछि बुधबार साँझ अनदाजी ५ बजेकाे समयमा गाेपिकृष्ण हल नजिकै भेट्न हामी राजी भयाै। त्यसपछि उनिसँग भेट हुने बित्तिकै उनले मैले केगर्नुपर्छ सर भन्नुहाेस् म त्याे गर्न राजी छु,हजुरहरू भन्नुन भनी रहेका थिए।
हामी के भन्ने हाे र? तपाइले के भन्न खाेज्नु भएकाे हाे ? कुरा बझ्न सकिएन नि सर ? भनेर जवाफ दिदा उहाँले अहिले हजुरलाइ केही सहयाेग गर्छु अब समाचार राेक्दिनु पर्याे भने।
हामी सत्य समाचार राेक्न नमिल्ने जवाफ दियाै,हाेइन त्यस्ताे नगर दिनुहाेस् सर तपाइहरूलाइ के सहयाेग गर्नुपर्छ म तयार छु,अप्ठ्यारो नमानुहाेस् मेराे इज्जत छ,प्रतिष्ठा छ,त्याे जाेगाउन भएपनि हजुरहरूले सहयाेग गर्दिनु पर्छ भनेर उनले हारगुहार गरिरहेका थिए।
आफ्नाे सर्तहरू हामी माझ राखिरहेका थिए, तर हामी राजी नभएपछि उनले केही बेर डर पनि देखाए। डर मात्र देखाएनन् समाचार पुन प्रकाशित भए संञ्चालक लाई पानी मुनि गए पनि नछाड्ने धम्की समेत दिए।
अनि हामीले तपाइका कुरा बुझियाे त्यसाे भने मिडियालाइ विज्ञापन दिएर सहयाेग गर्नुहाेस् न त? भनेपछि कति दिनुपर्छ कसरी दिनुपर्छ भन्नुहाेस् सर भने।
तपाइकाे व्यवसायकाे प्रचार गर्ने त हाेनि ? भन्दा मेराे केही छैन प्रचार गर्ने? उनले भने। त्यसाे भएपछि ठिकै छ सर हामी तपाइकाे त्यतिकै पैसा लिने पत्रकार हाेइन भन्ने जवाफ दियाै।
हामी त विज्ञापन दिएपछि लिने हाे नत्र कसैकाे पनि एक रूपैयाँ लिने गरेका छैनाै हामी अरू पैसा उठाउदै हिड्ने पत्रकार जस्ता पनि हाेइनाै भनेपछि उनले फेरि भने त्यसाे भनेपछि भन्नु न त के गर्नु पर्याे भन्न थालेपछि, हामीलाइ केही चाहिदैन अब मसाजकाे नाममा याैनजन्य क्रियाकलाप राेक्नु हाेला भनेर सचेत गराउँदै हामी छुटिएका थियाै।
पत्रकारले पैसामा बार्गेनिङ गरे तर मैले पैसा दिन मानिन् भनेर प्रचार गर्दै हिड्ने आचार्य थरका ती व्यक्तिले खतिवडा थर भएका व्यक्तिकाे नाममा रहेका प्रमाणप्रत्रबाट स्पा र मसाजकाे नाममा अबैध याैनजन्य गतिविधि गराउदै आएकाे खुलेकाे छ। तर उनि मेराे काम किल्निकमा आएका बिरामी हेर्ने हाे म किल्निक संञ्चालक हाे मेराे नाममा प्रमाणपत्र पनि छैन,मैले त्यस्ताे काम गराएकाे पनि छैन भन्दै पन्छिदै थिए।
उनले आफै भने एक जना ग्राहक हिजाे मेराे स्पामा आएर अरू ठाउँमा सबै हुन्छ यता पनि हुन्छ भने सुनेर आएको त्यस्तो गर्न मिल्ने भए म मसाज गर्छु हाेइन भने म फर्किन्छु भनेर आएका त्यस्ता ग्राहकलाइ आफ्ना स्टाप र आफु मिलेर रामधुलाइ गरेर पठाएकाे भन्दै मुखमिठाे बनाँउदै थिए।
उनले थपे काेठा खालि भएपछि मात्र प्रयाेगमा ल्याउन साथिकाे नामकाे प्रमाणपत्र लिएर आफुले सञ्चालन गरिरहेकाे हाे केही समस्या उत्पन भए आफुलाइ समस्या हुनसक्ने ती नक्कली साहुजिले बताएका थिए।
उनि आफै भन्दै थिए फाइदा त केही छैन तर पनि अर्काे स्पा सेन्टर खाेल्ने तयारी गर्दैछु मेरो लाखौं लगानी डुबाउने काम गर्दिनु भएन नि सर,तपाइहरूले पनि सहयाेग गर्नुपर्छ नि नत्र यही स्पा पनि बन्द गर्नुपर्ने अवस्था आउँन सक्ने भन्दै हामीलाइ समय-समयमा फकाउन खाेज्दै थिए। हामीले राम्राे काम गर्नु भयाे भने अवस्य हामीबाट सहयाेग हुने कुरामा विश्वस दिलायाै।
पैसामा पत्रकार किन्न खाेज्ने नक्कली स्पाका साहुले पत्रकारिता पेसालाइ बिकाउ बनाउन खाेज्नु स्वयम हामी पत्रकार र सम्पूर्ण पत्रकारिता क्षेत्रकाे बदनाम गर्न खाेजिनु हाे।
आफु नै नक्कली साहुजि भएपछि यसरी पत्रकारिता क्षेत्रलाइ बिकाउ बनाउन खाेज्नु के नै नाैलाे कुरा भयाे र ? अहिलेकाे अवस्थामा पनि पत्रकारलाइ बिकाउ बनाउने स्पाका ती नक्कली संञ्चालकलाइ कानुनी दायरामा ल्याउन जरूरी देखिएकाे छ।
यस्ता व्यक्तिलाइ सम्बन्धित निकायले बेलैमा ध्यान दिएर कानुनी कट्घरामा ल्याउन सक्नुपर्छ। होइन भने यस्ता स्पाले गर्दा अन्य स्पालाइ पनि हेर्ने दृष्टिकोण एउटै हुने देखिन्छ। नियमनकारी निकायले बेलैमा ध्यान दिन जरूरी देखिएको छ।
बाैद्ध र जाेरपाटी क्षेत्रमा सञ्चालित ८० प्रतिशत मसाज सेन्टरहरू मापदण्डविपरीत संञ्चालन गरि रहेको पाइएको छ। यस क्षेत्रमा सञ्चालित १० प्रतिशत स्पाले आंशिकरुपमा नियम पालना गर्ने गरेका छन् भने पूर्णरुपमा मापदण्ड पूरा गरेका स्पाहरूको सङ्ख्या जम्मा १० प्रतिशत रहेकाे छ।
स्पा र मसाज व्यवसाय सञ्चालकहरुले कानुन बमोजिम इजाजत लिनुपर्ने,सेवा प्रदान गर्दा प्रयोग गर्ने पोशाक अनिवार्य रुपमा लगाउनुपर्ने,स्पाका लागि प्रयुक्त कोठाहरु खुला राख्नुपर्ने, सेवाग्राहीसँग लिइने शुल्क पारदर्शी हुनुपर्ने, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई काममा लगाउन नहुनेलगायतका नियम पालना गर्न पर्ने व्यवस्था छ।
आचार संहिता र नियम अनुसार स्पा र मसाज सेन्टर व्यवसाय सञ्चालन भए नभएको सम्बन्धमा प्रहरी प्रशासन,महानगरपालिकालगायतका विभिन्न निकायबाट अनुगमन गर्नु पर्नेमा अहिलेसम्म कुनै पनि निकायले चासाे दिएकाे देखिदैन।
यस्तो छ ऐनमा व्यवस्था
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।
ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।
कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।