नेपाली सेनामा जागिर खुल्यो, ४ हजार पाँच सय सैनिक माग, कुन क्षेत्रमा कति?

काठमाडौं। नेपाली सेनाले सैन्य पदका लागि चार हजार ५ सय जनाको आवेदन खुला गरेको छ। माग गरिएको मध्ये खुलातर्फ दुई हजार ३५१ संख्या छ।

त्यस्तै सेनाले खुलातर्फ २ हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो।

 यीमध्ये सबैभन्दा धेरै काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा मा ३५०–३५० माग गरिएको छ। यस्तै र सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ।

इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले अनलाईन फारम भर्न पाउने छन्। फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको छ।