वीरेन्द्र बहुमुखी क्याम्पस समाजशास्त्र विभागको एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

प्रेम प्रसाद कडेल

चितवन। वीरेन्द्र बहुमुखी क्याम्पस समाजशास्त्र विभागको आयोजनामा शोधपत्र लेखन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रममा समाजशास्त्र विषयमा अध्ययनरत २०१९/२०२० सेमेस्टरका करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले मन्तव्य राख्दै यो सिकाइमा विद्यार्थीको सहभागिताले क्याम्पसको गौरव बढाउने बताए।

कार्यक्रमका सञ्चालक उप प्राध्यापक शिरोमणि पराजुली र स्वागत मन्तव्य होमनाथ अधिकारीले गर्दै विभागबाट यो कार्यक्रम सञ्चालन हुनु विद्यार्थीको लागि फाइदाजनक हुने बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट विशेष अतिथि सह प्राध्यापक डा. टिकाराम गौतम र तथ्याङ्क शास्त्रका विभागिय प्रमुख डा. गोविन्द ढुंगानाले सहजीकरण एवम् प्रशिक्षकको भूमिका निर्वाह गरे।

कार्यक्रममको अन्त्यमा अनुभूति मन्तव्य समाजशास्त्र विभागका विद्यार्थी प्रेम प्रसाद कडेल र अनुराधा पन्तले राख्दै कार्यक्रम उपयोगी र फलदायी हुने बताए।

दुई शत्रमा सञ्चालन भएको कार्यक्रममा सभाध्यक्ष वीरेन्द्र बहुमुखी क्याम्पस समाजशास्त्र विभागको प्रमुख उप प्राध्यापक केशव राज सापकोटाले विद्यार्थीको उल्लेख्य संख्यामा सहभागिता र धैर्यतापूर्वक सिक्ने प्रक्रियामा सहभागी भएकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य सञ्चालनका लागि समाजशास्त्र विभागले आवश्यक पहल गर्ने बताउँदै क्रम समापन गरे।

वीरेन्द्र बहुमुखी क्याम्पसको समाजशास्त्र विभागको आयोजनामा उक्त शोधपत्र लेखन एक दिवसीय कार्यशाला होटल शुभम् एन्ड हस्पिटालिटी भरतपुरमा सम्पन्न भएको थियो।