स्पाहरूले आर्थिक अवस्था कमजोर भएका युवतीलाइ जागिर दिने प्रलाेभनमा यौनधन्दा चलाउँदै
काठमाडौं। घरको आर्थिक अवस्था एकदमै कमजोर भएकै कारण काम पाउने आशामा काठमाडौं आएका युवतीलाइ जागिर दिने नाममा स्पाहरूका मालिकले यौन गतिविधिमा लगाउने गरेको पाइएको छ।
उपत्यका दर्जनाै स्पा र मसाज सेन्टरहरूमा रिपाेर्टिङ गर्दा त्यस क्षेत्रमा सबैभन्दा बढी स्पामा यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको हाे।
केही दिन अगाडी मात्र समाचार प्रकाशित किन गरेकाे भन्दै केही स्पाका संञ्चालकहरूले समाचार हटाउन पैसाकाे प्रलाेभनदेखि विभिन्न मान्छे परिचालन गरेर राति-राति फाेन गर्न लगाएर जेपनि हुनसक्ने धम्की समेत दिएका छन्।
आफ्नाे सर्तहरू हामी माझ राखिरहेका थिए, तर हामी राजी नभएपछि उनले केही बेर डर पनि देखाए। डर मात्र देखाएनन् समाचार पुन प्रकाशित भए संञ्चालक लाई पानी मुनि गए पनि नछाड्ने धम्की समेत दिए।
पैसामा पत्रकार किन्न खाेज्ने स्पाका साहुले पत्रकारिता पेसालाइ बिकाउ बनाउन खाेज्नु स्वयम हामी पत्रकार र सम्पूर्ण पत्रकारिता क्षेत्रकाे बदनाम गर्न खाेजिनु हाे।
यसरी पत्रकारिता क्षेत्रलाइ बिकाउ बनाउन खाेज्नु के नै नाैलाे कुरा भयाे र ? अहिलेकाे अवस्थामा पनि पत्रकारलाइ बिकाउ बनाउने स्पाका संञ्चालकलाइ कानुनी दायरामा ल्याउन जरूरी देखिन्छ।
यस्ता व्यक्तिलाइ सम्बन्धित निकायले बेलैमा ध्यान दिएर कानुनी कट्घरामा ल्याउन सक्नुपर्छ। होइन भने यस्ता स्पाले गर्दा अन्य स्पालाइ पनि हेर्ने दृष्टिकोण एउटै हुने देखिन्छ। नियमनकारी निकायले बेलैमा ध्यान दिन जरूरी देखिएको छ।
त्यस्तै हामीलाइ नाम नभन्ने सर्तमा एकजना काम गर्ने किशोरीले भनिन्न मालिकले जागिर दिन्छु भने मैले हुन्छ भने,स्पा भनेको के हो? यहाँ के काम गर्नुपर्छ? त्यति बेलासम्म थाहा थिएन। तर जव जागिरको पक्का भयो अनि भोली विहान अफिस टाइममा आउनु भन्नुभयो। म पहिलो दिन भनेर अलि छिटो नै गएकी थिए।
मनमा केही खुलदुली सहित अफिस पुगेकी म कामको बारेमा एकजना दिदिले जानकारी गराएपछि सजिलो लाग्यो। मालिस गर्ने काम त होला भन्ठाने।
उनी काम गर्न थालेको केही समयमै छाँनाबाट खसे झैं भइन्। ‘ग्राहकको शरीर मालिस गर्ने भनेर काम थालेको त ग्राहकले नै हाम्रो शरीर मालिस गर्ने रहेछन्।निर्दोस अनुहारमा उनले भनिन्।
त्यस्तै स्पाका सञ्चालकले उनलाई काम गर्न केही मान्नु हुन्न ग्राहकलाइ जतिसक्दो खुशी बनाउनु पर्छ भनेर बेलाबेला भन्ने गरेको पनि बताइन।
उनले पहिलो दिनको अनुभव पनि सुनाइन्,अन्दाजी ४०/४५ वर्ष लाग्ने मोटो मान्छे मसाज गर्न आएको थियो। तर उसको ध्यान मेरो शरीरमा रहेछ। मालिस गर्दा मेरो शरीर चलाउन थाल्यो। उनले यसबाट जोगिने आफूले हर प्रयास गरे उसको हात टोकिदिएको बताइन्।
म अतालिएर रुए। उसले मेरो घाटी अठ्यायो। म चिच्याए यसपछि केही मत्थर भएको उसको हात टोकिदिए। यसपछि उम्किन सफल भए,उनले भनिन्।
उनले यो घटना आफ्नो त्यतै काम गर्ने अन्य साथिहरूलाई पनि सुनाएकी थिइन। तर साथिहरूले वास्ता गरिनन्। ‘मलाई बाच्न मन लागेको थिएन।तर बाध्यताले काम गरे।
उनले स्पामा काम गर्दा कसैको सहयोग पाइनन्। काम गर्ने साथीहरूले उल्टै सम्झाउँथे,यस्तै हो यहाँ भनेर।
‘एक साथीले आफूलाई पहिलो दिन नै एकजनाले बलात्कार गरेको सुनाइन्। त्यसपछि म पनि चुप भए,उनले भनिन्।
अहिले बानी परिसकेको छ। ‘शरीरमा तेल लगाउने काम भनेर राखेपछि त्यसैबाट पैसा आउने होला भन्ने सोच्थे तर होइन रहेछ। आफ्नो शरीरमा खेल्न दिएपछि मात्र पैसा आउने रहेछ।
स्पाका साहुले त आफ्नो प्रतिरक्षा गर्नु ठिकै हाे नि हाेइन र ?
काम हामीले गरेका छाै पैसा उनिहरूले बुझेका छन् अनि हाम्राेमा त्यस्ताे केही हुँदै नभनेपछि कारबाहीमा परिहाल्छ नि ?
तपाइहरूले पनि कस्ताे प्रश्न गरेकाे चाेरले म चाेर हाे भनेपछि प्रहरीकाे पनि के काम हुन्छ र ?
त्यसैले अझै आफै बुझ्दै जानुहाेस् के-के भेटाउनु हुन्छ आफै थाहा भइहाल्छ नि ?
गाउँमा आमाबावुलाई अहिलेसम्म छोरी स्पामा काम गर्छे भन्ने सुईको छैन। उनले धेरै पल्ट काम छोड्ने प्रयास नगरेकी होइनन्। अन्य जाने ठाउँ नहुँदा स्पामै थन्किनु परेको उनको दुखेसो छ।
उनी स्पामा मसाज मात्र गर्ने वातावरण बने काम पनि सम्मानित हुने बताउँछिन्। तर खराब काम हुने जस्ता मसाज सेन्टरलाई सरकारले कडाई गरे आफूहरू जस्ता गाउँबाट आएका किशाेरी सुरक्षित रहने उनले बताइन्।
‘सरकारले सुरक्षाको प्रत्याभूति गर्ने हो भने स्पा र मसाज सेन्टरमा हुने विकृति आफै न्युन भएर जान्थ्यो उनले भनिन्।
उनि जस्तै काठमाडाैंका विभिन्न मसाज र स्पामा बालिका किशोरी तथा महिलामाथि विभिन्न किसिमका हिंसा र दुर्ब्यवहार हुने गरेको पाईन्छ।
केही वर्ष पहिला मसाज पार्लरको नाममा खोलिएका यस्ता ठाउँमा यौन दुर्ब्यवहार बढि भएको घटना बाहिर आएपछि अहिले मसाज पार्लरलाई स्पाको नाम दिइएको छ।मसाज पार्लरमा काम गर्ने महिलाको निश्चित तलब हुदैन् थियाे।
राजधानीका डान्सबार,मसाज र स्पामा बालिका तथा किशोरी माथि हुने श्रम र यौन शोषणका घटना बाहिर आएपछि केही वर्षयता मसाज पार्लरको नाम परिवर्तन गरि स्पा राख्न थालिएको छ।
स्पा भन्ने बित्तिकै त्यहाँ अनैतिक गतिवधि हुन्न भन्ने मानिसको बुझाई छ। तर राजधानीमा भएका केही स्पामा अहिले पनि सकेसम्म कम उमेरका बालिकालाई काममा राख्ने र उनीहरूलाई ग्राहकको ईच्छा अनुसार प्रयोगमा लगाउने गरेको पाइन्छ।
यस्ताे छ सर्वोच्चले जारी गरेको निर्देशिका
सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार,ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ।
सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो।
महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियासिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन।
पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिए पनि अहिले खासै चासाे दिएको देखिदैन्।प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ।
यति हुँदा हुँदै पनि राजधानीका विभिन्न ठाउँमा रहेका मसाज र स्पामा बालिका तथा किशोरीलाई नियुक्तिपत्र विना काममा लगाउने,तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ।
मसाज र स्पामा काम गर्ने बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य भएकाे पाइन्छ।
यस्ताे छ स्पाका साहुजिकाे ह्याप्पी इण्डिङ बारे
संञ्चालक भन्छन् ह्याप्पी इण्डिङ भनेकाे सामन्य हाे सबैकाम हातले गर्ने त हाेनि भन्दै यौनधन्दा चलाउँदै आएकाे आफैले पुष्टि गरेका छन्।
ह्याप्पी इण्डिङ भनेकाे पुरुषको गोप्य अंग चलाएर स्खलन गरिदिनु हाे ? तपाइ आफै अब भन्नुहाेस्,स्पाका साहुजि भन्छन् हामीले कुनै पनि याैनजन्य गतिविधि गरेका छैनाै। तर याे याैनजन्य गतिविधि हाे कि हाेइन? साहुजिले पानी माथिकाे ओबानो बन्नु कतिकाे जाहेज हाेला?
यस्तो छ ऐनमा व्यवस्था
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।
ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।
कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।