ढाकाकुमार श्रेष्ठ रविविरुद्ध यस्तो योजना बुन्दै,के गर्लान त रविले ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन्।सांसद श्रेष्ठले मन्त्री बन्न घुस मागेको आरोपमा रास्वपाले उनलाई कारबाही गरेको हो।
सांसद पद गुमाएका ढाकाकुमार रास्वपा स्थापनाकालदेखि सक्रिय नेता हुन्। पार्टीले कारबाही गरेपछि उनले आफु यसविरुद्ध अदालत जाने बताएका थिए।
अब सांसद पदबाट नै मुक्त भइसकेपछि उनी के गर्लान्? रास्वपा सभापति रवि लामिछानेविरुद्ध नै प्रश्न गरेका उनको अबको कदम के होला त?
कास्कीका ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेसँगै उनी सांसदबाट पदमुक्त भएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनी सांसद पदबाट मुक्त भएकाले उक्त पद रिक्त रहेको जानकारी गराएका छन्।
घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उनी पदमुक्त भएको र सांसद पद रिक्त रहेको हो।
सांसद पद गुमाएका ढाकाकुमारले आफूलाई कारबाही गर्ने नैतिक आधार रवि लामिछानेसँग नरहेको जिकिर गर्दै आएका छन्।
रविको नागरिकता प्रकरणमा सांसद पद गुमेपछि उनले पार्टीमा तत्काल पार्टी सभापति पद प्राप्त गर्ने तर,आफूमाथि आरोप लागेकै भरमा कारबाही हुनु अन्यायपूर्ण हुने बताउदै आएका छन्।
अझं उनले मन्त्री बन्न घुस रकम मागेको भनिएको अडियो नै आफ्नो नरहेको दाबी गर्दै आएका छन्। तर, रास्वपा सभापति रवि लामिछानेले भने ढाकाकुमार र विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडियो सम्बाद भएको पुष्टी भएको बताएका छन्।
यति मात्रै होइन ढाकाकुमारले आफूलाई कारबाही गरिए पार्टीलाई पनि डुबाइदिने धम्की नै दिएको आरोप रवि लामिछानेको छ।
केहि समय त संसद सचिवालयले नै ढाकाकुमारमाथिको कारबाहीलाई रोकेर राख्यो।
प्रक्रिया नपुगेको भन्दै संसद सचिवालयले कारबाही रोकेपछि संसद जाने गरि तयारी समेत गरेका ढाकाकुमारले सभामुखलाई भेटेर संसद बैठकमा आउन सकिने नसकिने विषयमा छलफल नै गरे। तर, त्यो विषय ढाकाकुमारकै तजबिजीको विषय भन्दै सभामुखले यो विषय ढाकाकुमारकै जिम्मामा छाडिदिए।
ढाकाकुमार भने आफूमाथि रास्वपामा अन्यायपूर्ण व्यवहार भएको दाबी गर्ने गरेका छन्। उनले रविको नागरिकता प्रकरणमा दोषी ठहर भएपनि राहदानी विवादमा अनुसन्धान चलिरहेकै अवस्थामा पार्टी सभापति बन्न हुने तर, आफूलाई फसाउन आरोप लाग्दा कारबाही भोग्नुपर्ने भन्दै प्रश्न गरिरहेका थिए । तर, अन्ततः पार्टी कारबाहीमा परेका ढाकाकुमारले अब के गर्लान ?यो विषय चासोमा छ।
घुस बार्गेनिङ अडियोमा भनिएको कोर टिम लगायत विषयमा उनले खुलेर बोल्न पनि सक्ने देखिन्छ। अदालतमा गएर क्लिन चिट लिने बताएका उनलाई पार्टी कारबाही मन्जुर छैन भन्न पनि कठिन छ।
राजनीतिक दलसम्बन्धि कानूनले नै कारबाही गर्न सक्ने आधार तयार पारेकाले यो विषय खासै प्राथमिकतामा पर्ने भन्दापनि उनले अब रास्वपाभित्रका केहि विषय खोल्ने र घुस काण्डमा नयाँ विषय सार्वजनिक गर्न सक्ने स्थिति भने देखिन थालेको छ।