राजनीतिबाट सन्यास लिँदै माधव नेपाल, किन पुगे त यो अवस्थामा
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको महाधिवेशनमार्फत राजानीतिबाट लिनसक्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केही दिन अगाडी पत्रकारहरुसँग कुरा गर्दै अब युवाहरुलाई अवसर दिनुपर्ने समय आएको भन्दै उनले पार्टीको आगामी महाधिवेशनाट सन्यास लिन सक्ने संकेत गरेका हुन्।पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु’,उनले पत्रकारहरुसँग भने।
त्यस्तैगरी उनले अब राजनीतिमा युवाहरुलाई अवसर दिनु पर्ने भन्दै अन्य ७० वर्ष कटेका नेताहरुलाई पनि राजनीतिबाट सन्यास लिन पार्टीको तर्फबाट आग्रह गरे।देश विकासका लागि राजनीतिक पुस्तान्तरण पनि आवश्यक भएकाले अब सन्यासको बाटोमा लाग्ने उनको भनाइ छ।
उनले उपनिर्वाचनबाट पनि पाठ सिक्नु पर्ने भन्दै पछिल्लो निर्वाचनले ठूला दलहरुलाई शुभ संकेत नगरेको उनको बुझाइ छ।अब ठूला दलहरु नसच्चिए नयाँ दलहरुलाई सहज हुने अध्यक्ष नेपालको दावी छ।