वैदेशिक रोजगारको नाममा फिस्टल मेनपावर ठगी धन्दा चलाउदै,सम्बन्धित निकाय नै दिदैन चासो

काठमाडौं। वैदेशीक रोजगारक‍ो नाममा काठमाडौंको सामाखुशीमा संञ्चालित फिस्टल ओभरसिज प्रालीले ठगी धन्दा संञ्चालन गर्दै आएकाे खुलेकाे छ। गरिव नेपालीहरुलाई दिनदहाडै विदेश पठाउने नाममा ठगि धन्दा चलाइ रहेको पीडितहरूले बताएका छन्। 

बैदेशिक रोजगारमा पठाउँछु भन्दै काठमाडौंको सामाखुशीमा रहेकाे फिस्टल मेनपावरका संञ्चालकले आफ्नो दुई वटा नाम राख्दै वैदेशिक रोजगारीका नाममा सयौं गरिब नेपाली दाजुभाइलाई बिगत तीन वर्ष अगाडि देखिनै दिनदहाडै ठगी गर्दै आइरहेको रहस्य खुलेको हो।

मेनपावर ठगीका बादशाह भनेर चिनिने रेशमराज फुंयाल वा ठगी धन्दाका मायुर खेलाडी उनले अहिले आएर थरै समेत परिवर्तन गर्दै हिंड्ने गरेकाे पाइएकाे छ। उनको हालको ठगी धन्दा चलाउने नाम रेशम लामिछाने बताउँदै वैदेशिक राेजगारीमा जाने सिधासाधा युवाहरूलाई ठग्दै हिंडेको विशेष स्राेतले बताएकाे छ। 

मेनपावरको नाममा ठगी गर्दै हिड्ने रेशमले हजारौं गरिबहरुका सपना त लुटेका छन त्यसका साथै उनिहरुका कलिला तामाका मुना जस्ता बालबालिकाको पनि उज्वल भविष्य माथि खेलवाड गरेका छन्।

वैदेशिक र‍‍‍‍ोजगारीका नाममा कहिले फुँयाल कहिले लामिछाने थर राख्दै आइहेका वैदेशिक रोजगारिका माफिया रेशमले चार जना गरिव परिवारको सपना माथि धावा वोलेका छन्।

जसमध्ये वैदेशिक रोजगारको नाममा ठगि धन्दा चलाउने रेशमले सिन्धुपाल्चोकका गरिब कृष्ण बहादुर तामाङ,समशेर गोले,जया लामा र समिर तामाङलगायतलाई घरन घाटको बनाएको उनिहरु स्वयम्ले मिडियाकाे कार्यलयमा आई गुनासो पोखेका छन् ।

उनिहरुका अनुसार रेशमले प्रतीव्यक्ति रु ५० हजार देखि दुई लाखक‍ो दरले टेकबहादुर स्याङतान नाम भएका व्यक्तिको नक्कली नाम अमर राख्न लगाई उनलाई एजेन्टको जिम्मेवारी दिई लिएको पैसाको कुनै प्रमाण नदिई गरीब युवाहरुलाइ ठगि गरेकाे खुल्न आएकाे हाे। 

यी त प्रतिनिधि पात्र मात्र हुन रेशमले ठगेका। यस विषयमा हामीले फिस्टल मेनपावरका संञ्चालक नाम परिवर्तन गरि रहने व्यक्तिलाई समाचारको विषय लाई लिएर वुझ्न खोज्दा लामो समय सम्म धम्की दिएका थिए।

यति सम्मकी उनले ज्यान नै लिने सम्मको धम्कि दिने मोबाइल नं ९८५१२२३५२३ रहेकाे छ।

यस्तो रहेछ फिस्टल मेनपावरको ठगी गर्ने कला

हामीले पहिलोपटक समाचार प्रकाशित गरेपछि फिस्टल मेनपावरबाट पिडित भएकाहरु धमाधम हाम्राे सम्पर्कमा आउनथालेपछि पिडितहरु सहित हाम्रा प्रतिनिधिहरु मेनपावरमा पुगि रिपोर्टिङ गर्न थालेको सुईक‍ो फुयाँँलले उनका कर्मचारी मार्फत पाए।

पिडितहरुसहित ३ दिन सम्म फिस्टल मेनपावरमा गई रिपोर्टिङ गर्दापनि सञ्चालक फुयाल कार्यलयमा आएनन।पिडितहरुको भिडबढ्दै गए पछि फुयालले हाम्म्रा प्रतिनिधिलाई फोन गरि असाध्यै चिल्लो शब्दमा पिडतहरुलाई दलाल मार्फत आफ्नो मेनपावरले लिएको पैसा उपलब्ध गराउने भन्दै पिडितहरुको अकाउन्ट नम्बर उपलब्ध गराउन आग्रह गरे जसै अनुरुप हामीले पिडितहरुको अकाउन्ट नंम्बर पनि उपलब्ध गराई दियौ।

पिडितहरुले भने अकाउन्ट नम्बर दिएपछि आफ्नो जायजेथा बेचविखन गरि दिएको पैसा उठनेभो भन्दै अनुहारमा आशाक‍ो किरण जगाएका थिए।तर सयौं युवालाई ठगी सकेका फुयालको सोझा युवालाई अल्झाउने त्यो नँया काइदा पो रहेछ।

वैदेशिक रोजगार विभागबाट पनि पिडित युवाहरुले पाएनन् न्याय फिस्टल ओभरसिज प्रालीका संञ्चालक रेशमराज फुयालको ठगी धन्दाबाट विक्षिप्त भएका केही युवाहरु वैदेशिक रोजगार विभागमा पुगी आफुहरु ठगिएको भन्दै उजुरी दिएका थिए ।

उजुरी पर्नासाथ विभागका कर्मचारीले रेशम राज फुयाललाई फोन गरि उजुरी परेको जानकारी गराउँदा आफू युवाहरुबाट पैसा नलिएको र अमरभन्ने आफ्नो एजेन्टले लिएको गैरजिम्मेवारी पुर्ण जवाफ दिएका थिए भने विभागका कर्मचारी उनक‍ो जवाफ बाट नतमस्तक देखिन्थे।

फिस्टल ओभरसिजमा पुग्दा जेदेखियो हाम्रा प्रतिनिधिले लगातार तिनदिन रिपोर्टिङ गर्दा फिस्टलओभरसिज प्रालीका संञ्चालक कार्यलयमा देखिएनन देखिएत केवल पिडित युवाहरु।

पिडित युवाहरुलाई तपाईहरुको स्थाई ठेगाना कहाँ हो भनी जिज्ञासा राख्दा आफूहरु  काभ्रे ,सिन्धुपाल्चोक ,नुवाकोट ,दोलखाको भएको बताए।देख्ने जोकोहीलाई उनिहरुको आर्थिक अवस्था कम्जाेर भएकाे सजिलै आँकलन गर्न सकिने थियो।

खुट्टामा टायरको चप्पल अगाडिको वुढी अस्म्लाको भाग दबिएको पछाडिको कुर्कुचाले भुँइछुने गरी प्वाल परेको चप्पल,पुराना कपडाकाे पहिरन प्याक-प्याक सुकेको ओठमुख ती युवाहरुक‍ो य‍ो दृश्यले जोकोहीको मनपग्लन्छ तर ठगी धन्दाका बादसह रेशमको मन पग्लेन।

हामीले यस फिस्टेलओभरसिज प्रालीका सञ्चालक रेशमराज फुयालको कालाकर्तुतहरुको रिपोर्टिङ गरेर प्रदाफास गर्दै पीडित युवाहरूले न्याय नपाएसम्म हामी अगाडी बढीनै रहने छाैं।