कार्ल मार्क्सको २०५ औं जन्म जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा (प्रेस वक्तव्य जारी)
काठमाडाैं। वैज्ञानिक साम्यवादका संस्थापक अर्थात् विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त मार्क्सवादका प्रवर्तक विश्वकै पहिलो कम्युनिस्ट पार्टी ” कम्युनिस्ट लिगका संस्थापक , पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियका संस्थापक दार्शनिक कार्ल मार्क्सको आज २०५ औं जन्म जयन्ती।
आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन जर्मनीको प्रसिया प्रान्त अन्तर्गत ट्रियर शहरमा उहाँको जन्म भएको थियो। विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस ऐतिहासिक दिनमा मार्क्सप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गर्दछ ।
मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो र त्यस कदमले संसारलाई नयाँ युगमा प्रवेश गराएको थियो , जुन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी ऐतिहासिक परिघटना थियो ।
आज माक्र्सवादले दोस्रो चरणमा लेनिनवाद र तेस्रो र नयाँ तथा उच्च चरणमा माओवादको विकास भइरहेको अवस्थामा आज एकातिर दक्षिणपन्थी संशोधनवादी हावी भइरहेको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र अर्कोतिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पहिलो अन्तर्राष्ट्रिय , दोस्रो अन्तर्राष्ट्रिय , तेस्रो अन्तर क्रान्तिकारी आन्दोलन ( रिम) को विघटन पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कम्युनिस्ट अन्तर्राष्ट्रिय बिहिन अवस्थामा रहेकोले मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा , विकास र प्रयोगको निम्ति विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले एउटा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबद्ध भएर अगाडि बढ्न अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह र अनुरोध गर्दछ । र , यस कदममा हाम्रो ऐक्यबद्धता रहीरहने र सबै प्रकारका सरसहयोग गरिरहने प्रतिबधाता जाहेर गर्दछ।