संसदमै किन अर्धनग्न बने अमरेशकुमार सिंह यस्तो छ कारण
काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बनेका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए।सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे।सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए।