नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दवाव दिनु देशप्रतिको गद्दारी हो: नेता भीम रावल

काठमाडौं। नेकपा (एमाले)का नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताउनुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उहाँले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो।

उहाँले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ रु भन्दै प्रश्न गर्नुभयो।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताउनुभयो।

उहाँले नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताउनुभयो।

नेता रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुलाई सत्य कुराको खण्डनमा उत्रिन चुनौति दिनुभयो।

उहाँले सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण विवरण हेर्ने अधिकार दिएको बिरोध गर्नुभयो।

उहाँले दुई वटा देशका नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको हो रु भन्द प्रश्न गर्नुभयो।

नेता रावलले काँडेतारको साहित्यिक अर्थ नबुझ्ने व्यक्ति सञ्चार मन्त्रालयमा भए तत्काल मन्त्रालय छोड्नुपर्ने बताउनुभयो।