नक्कली भुटानी शरणार्थी बनाउने थप दुई जना आरोपित पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन्। प्रहरीका अनुसार उनीहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्न व्यक्ति हुन्।

चौधरी सुनसरीका रहेको बुझिएको प्रहरी स्रोतले बताएको छ। त्यस्तै केसी काठमाडौंका हुन्। दुवैबारे प्रहरीले ‌औपचारिक विवरण सार्वजनिक गरेको छैन।

यही कसूरमा केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚ सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसअघि नै पक्राउ परिसकेका छन्।