भ्रष्टाचारी विरुद्ध फाइल मात्रै होइन फायर नै खोल्नुपर्छ: महामन्त्री शर्मा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन्। सांसद शर्माले भ्रष्टाचार विरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका हुन।

यहीँ नेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ। यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु’ उनले भने,भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले।

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माले बताए।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि शर्माले बताए। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए।

पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनु पर्ने पनि उनको आग्रह थियो। भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ।