जनयुद्धको जस्तै लडाइँ,भ्रष्टाचार नियन्त्रणमा थालेको छु: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले  विकास र समृद्धि विना कुनै पनि अन्यायकाेअन्त्य र समाजवादको नयाँ युग सुरूवात गर्न नसकिने बताए।

उनले भने,त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईहरूसँग अपील गर्न चाहन्छु।

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । उनले भने,अन्यायमा परेकालाई न्याय चाहियो।

समानता चाहियो। तीनिहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो। सुशासन भनेको हाम्रो देशमा विसंगति,विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ।

जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्। जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्ति गरे।

त्यस्तै भ्रष्टाचार नियन्त्रणमा पनि जनयुद्धमा जस्तै लडाइँ थालेको छु तपाइहरू सबैकाे साथ र सहयाेगकाे अपेक्षा राखेकाेछु अब देशमा शुन्य सहनसिलतासहितकाे भष्टचार अनत्य गर्नु पर्ने बेला आएकाे प्रधानमन्त्री प्रचण्डले बताएका छन्।