नागरिक उड्डयन प्राधिकरणले माग्यो यति धेरै कर्मचारी (सूचनासहित)

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणमा आर्थिक वर्ष २०७९–८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो।

प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो।

२१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ।

हेर्नुस् सूचना: